+
+

अरहान्त र विपना बने स्क्वास च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १६:३२

३० मंसिर, काठमाडौं । अरहान्तकेशर सिंह र विपना ब्लोन शनिबार एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघका भवनमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे ।

अरहान्तको  खेलजीवनको १४ औं एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले हराइन् ।

यसैगरी यु-१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेथटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बने । यु-१९ ब्वाइजको फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पराजित गरे ।

यसैगरी मास्टर्स ५० प्लसमा छविलाल पाइजा पुन प्रज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सीपमा पासाङ ब्लोन दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन बने ।

नेपाल स्क्वास र्‍याकेट संघको स्थपना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

भावना र राजेन्द्रको सन्न्यास

नेपाल स्क्वास र्‍याकेट संघले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्न्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको छ ।

यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिनेछन् । दुई दशकदेखि स्क्वासमा समर्पित भावनाले एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन् ।

चार पटक दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२ औँ साग र काठमाडौँमा भएको १३ औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा काश्य पदक दिलाएको छ । यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?