+
+

जनकपुरधाममा सीता-राम विवाहको रौनक (तस्वीर)

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० पुष १ गते २०:४५

१ पुस, काठमाडौं । जनकपुरधाममा आइतबार सीता-राम विवाहपञ्चमीको उल्लास छ । जानकी मन्दिरदेखि ऐतिहासिक रंगभूमि मैदान र जनकपुरका सडक–गल्ली दर्शनार्थीले खचाखच भरिएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार त्रेयायुगका राम र जानकीको विवाह गर्ने प्रचलन छ । आइतबार दिउँसो जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा राम र जानकीको स्वयंवर गरिएको छ ।

दिउँसो साधुसन्तको अगुवाइमा  झाँकी–कीर्तन सहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंवरमा परिणत भएको हो ।

ढोल पिपही, सहनाई, ब्याण्ड बाजा र पञ्चेबाजा सहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंवर गर्ने प्रचलन छ ।

डोला र स्वयंवरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड थियो ।  स्वयंवरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ ।

स्वयंवरपश्चात् दुवै डोलालाई नगरपरिक्रमा गराई अहिले जानकी मन्दिरमा लगिएको छ । आइतबार साँझदेखि वैदिक परम्परा अनुसार रातभर विवाहको काम हुनेछ । सोमबार राम कलेवा गरी सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न हुनेछ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?