+
+
Shares

जनकपुरधाममा दशैंको रौनक (तस्वीरहरू )

दशैंका अवसरमा जनकपुरधाममा घटस्थापनादेखि नै १० दिनसम्म विशेष चहलपहल र उत्साह हुन्छ । यस पर्वको रौनक हेर्न तथा शक्तिपीठहरूमा पूजाआजा गर्न टाढाटाढाबाट श्रद्धालु र पर्यटक जनकपुरधाम आउने गर्छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असोज २७ गते १९:१६

२७ असोज, जनकपुरधाम । जनकपुरधाममा दशैंको रौनक छ । यहाँका प्रशिद्ध शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाईलगायतलाई नवदुलहीझैँ सिँगारिएको छ । विशेषगरी राममन्दिर आसपासका शक्तिपीठहरू श्रद्धालु भक्तजनको आकर्षणको केन्द्र बनेका छन् ।

राजदेवी मन्दिरको प्रवेशद्वार सबभन्दा बढी आकर्षक हुन्छन् । राजदेवी मन्दिर र बौधीमाई मन्दिर परिसरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलतमासाले दशैंको रौनक थप बढाएको छ । यहाँ साँझ दिनहुँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । झिँझियालगायतका नाच प्रदर्शन हुन्छ । गोपाल धर्मशालामा दशैं अर्थात् सस्तो बजार लागेको छ ।

जनकपुरधामका मुख्य चोकहरू रामानन्दचोक, मुरलीचोक, भ्रमरपुराचोक, रजौल, देवीचोक, जानकीचोक र वंशीचोकमा कतै शक्तिपीठ त कतै भगवतीका भव्य प्रतिमा स्थापना गरी आकर्षक ढङ्गले सजाइएको छ । चोक–चोकमा निर्माण गरिएका कलात्मक टेन्ट तथा पण्डाल र रातको समयमा झिलिमिली बल्ने रङ्गीबिरङ्गी बत्तीले सहरको सौन्दर्य थप बढाएका छन् ।

दशैंका अवसरमा जनकपुरधाममा घटस्थापनादेखि नै १० दिनसम्म विशेष चहलपहल र उत्साह हुन्छ । यस पर्वको रौनक हेर्न तथा शक्तिपीठहरूमा पूजाआजा गर्न टाढाटाढाबाट श्रद्धालु र पर्यटक जनकपुरधाम आउने गर्छन् । स्थानीय युवा संगठनहरूले पनि दशैंलाई भव्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्दैआएका छन् ।

महावीर युवा कमिटी, राम युवा कमिटी र रामानन्द युवा क्लबजस्ता संस्थाले सहरका विभिन्न चोकमा लाखौँ रुपैयाँ खर्च गरेर आकर्षक सजावट गरेका छन् । बर्सेनि युवाहरू दशैं आउनुपूर्व नै चन्दा संकलन तथा सर–सजावटमा सक्रिय हुने गर्दछन् ।

 

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?