+
+

सीता–रामको बिहेमा आएका साधुसन्तको विदाइ गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ८:५९

२ पुस, काठमाडौं । जनकपुरधाममा भगवान राम र जानकीको विवाह सकिएको छ । जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह गरिएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमीको छैठौ दिन हिजो दिउँसो राम र जानकीको डोला फेर गरि बाह्रबिघा मैदानमा स्वयंवर गरिएपछि रातभर जानकी मन्दिरमा वैवाहिक कार्यक्रम चलेको थियो । विवाह हेर्न भेला भएका हजारौं श्रद्धालुभक्तजनले जानकी मन्दिर प्रांगण खचाखच भरिएको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा मनाइँदै छ । विवाहपछि जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराएर ससम्मान बिदाइ गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ । आज दिउँसो जानकी मन्दिर प्रांगणमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराई, दानदक्षिणा दिएर जन्तीको विदाइ गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

यस दिनमा राम, सीता, लक्ष्मण, भरत र शत्रुघनको रुपमा बालबालिकालाई सजाएर भोजन गराउनुका साथै उनीहरुको पनि विदाई गरिन्छ ।  रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ ।

मंसिर २६ गते सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन  तिल्कोत्सव, पाँचौदिन मटकोर, छैठों दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।

सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुर आएका  लाखौ दर्शनार्थी घर फर्किन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?