+
+

तस्वीरमा तिल्कोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १९:१४

२९ मंसिर, जनकपुरधाम। सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट आज करिब ४ सयको भार (कोसेली) लिएर राममन्दिर पुगेर  भव्यतापूर्वक तिल्कोत्सव विधि सम्पन्न भएको हो ।

तिलकोत्सव विधि गर्न दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित जानकी मन्दिरबाट भार (कोसेली)संगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।

तिल्कोत्सवमा सम्धी मिलन पनि हुने गर्छ । जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अर्थाता राजा जनकको प्रतिकात्मक रुपमा मन्दिरका महन्त सहमहन्त रामरोशन दास र रामका बुबा अर्थात राजा दशरथको पिताको प्रतिकात्मक रुप राममन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको हो ।

राम मन्दिरमा महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।आज पनि हजारौंको संख्यामा तिलकोत्सव कार्यक्रममा साधुशन्त भक्तजनको सहभागिता थियो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा राजा जनकले छोरी जानकीको योग्य बर छनोटका लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए । अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् ।

धनुष यज्ञ अव्लोकन गर्न हिजो साँझ जानकी मन्दिरमा हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए ।

भोलि पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, मुख्यदिन आइतबार  जानकी र भगवान रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ । यसअघि मंगलबार पहिलो दिन नगरदर्शन, दोश्रो दिन बुधबार फूलवारी लिला मनाइएको थियो ।

त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई सोयम्बर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?