+
+

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १०:१२

२ पुस, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत सेयर बोनस घोषणा गरेको हो ।

१ सय कित्ता सेयर हुनेले १४ कित्ता सेयर बोनस पाउनेछन् । सो बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश पनि प्रदान गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?