+
+

केनको दुई गोलमा बायर्नको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १०:३०

२ पुस, काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा भिएफबी  स्टुडगार्डमाथि ३-० को सहज जित हात पारेको छ ।

स्टुडगार्ड विरुद्ध दुई गोलपछि केनले बुण्डेसलिगामा छिटो २० गोल गर्ने कीर्तिमान बनाएका छन् ।

केनले खेलको दोस्रो र ५५औं मिनेटमा गोल गरेका थिए । उनले १४ खेलमै २० गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

केनले ह्यामवर्गका उवे सिलरको कीर्तिमान तोडेका हुन् । उनले सन् १९६३-६४ मा २१ खेलमा २० गोल गरेका थिए । यस्तै एर्लिङ हालान्डले २०२० मा बवरुसिया डर्टमण्डका लागि २२ खेलका २० गोल गरेका थिए ।

बायर्नका लागि अर्को गोल किम मिन जाएले गरे ।

जितपछि बायर्नले १४ खेलबाट ३५ अंक जोडेको छ । दवस्रो स्थानको बायर्न लिग लिडर बायर लेभरकुजन भन्दा अझै ४ अंकले पछि छ ।

लेभरकुजनले एक खेल बढी खेलेको छ र १५ खेलबाट ३९ अंकसहित शीर्ष स्थानमा छ ।

लेभरकुजनले आइतबारै भएको खेलमा एनट्राट फ्रांकफर्टलाई ३-० ले पराजित गरेको थियो ।

जाभी अलोन्सोको टिम लेभरकुजनले यस सिजन २४ प्रतिस्पर्धात्मक खेल हारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?