+
+

केनको २ गोलमा बायर्न म्युनिख क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १०:१७

२३ फागुन, काठमाडौं । ह्यारी केनले अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब लाजियोलाई समग्रमा ३-१ ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा १-० ले पराजित भएको बायर्नले घरेलु मैदानमा भएको दोस्रो लेगमा लाजियोलाई ३-० ले पराजित गरेको हो । त्यसमा केनले ३८औं र ६६औं तथा थोमस मुलरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?