+
+

घरेलु मैदानमा बायर्नको पहिलो हार, उपाधि होडमा धक्का

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते ७:५६

८ माघ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गथ आइतबार राति भएको खेलमा बायर्न म्युनिख घरेलु मैदानमै वेडर ब्रेमेनसँग १-० ले पराजित भएको छ ।

आफ्नै क्लबका पूर्वडिफेण्डर मिचेल वाइजरले दोस्रो हाफमा गरेको गोलमा बायर्न घरेलु मैदानमा स्तब्ध बनेको हो ।

वेडरले सन् २००८ पछि पहिलो पटक बायर्नविरुद्ध अवे मैदानमा जित निकालेको हो ।

बायर्नका ह्यारी केनले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग हुन सकेन ।

यो हारपछि साविक विजेता बायर्नको उपाधि होडमा धक्का लागेको छ र लिग लिडर बायर लेभरकुजनसँग अंकदूरी घटाउने मौका गुमेको छ ।

लेभरकुजनभन्दा बायर्न ७ अंकले पछि छ । लेभरकुजनको १८ खेलबाट ४८ अंक छ । बायर्न १७ खेलबाट ४१ अंकसहित दोस्रोमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?