+
+

कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ९:०५

२ पुस, काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनमा पार्टी सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् । बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित पाँच सय जना प्रतिनिधिले भाग लिनेछन् ।

संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गरिरहेको छ । यसअघि गत मंसिर १६ र १७ गते नेपाली कांग्रेसकोे लुम्बिनी प्रदेश सम्मेलन भएको थियो ।

अब मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते र कोशीको पुस ९ गते प्रदेश सम्मेलन हुने नेपाली कांग्रेसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?