+
+

तिलहरी, गोपीकृष्ण फिल्मका कलाकार प्रकाश पाठकको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ११:५९

काठमाडौं । अभिनेता प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको मंगलबार बिहान ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए । उनको शवमा छोराले दागबत्ती दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष निरौलाका अनुसार अभिनेता पाठकको निधन क्यान्सरबाट भएको हो । उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको थियो ।

पाठकका श्रीमती, एक छोरा र एक छोरी छन् । पाठकको जन्म २००१ सालमा विराटनगरमा भएको थियो । कलाकार संघका अध्यक्ष निरौलाले दिवंगत पाठकलाई मेहनत र मिलनसार कलाकारको रुपमा आफूले चिन्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?