+
+

हलिउड अभिनेता जोनाथन मेजर्स कुटपिट मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १२:१९

काठमाडौं । हलिउड अभिनेता जोनाथन मेजर्स पूर्वप्रेमिका ग्रेस जबारीमाथि आक्रमण गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

न्युयोर्कस्थित म्यानहटन अदालतका न्यायाधीशले सोमबार ‘मार्वल सिनेम्याटिक युनिभर्स’ अभिनेता मेजर्सलाई उत्पीडन र आक्रमणको घटनामा दोषी ठहर गरेको हो । अन्य दुई मुद्दामा भने उनले सफाइ पाएका छन् ।

६ सदस्यीय न्यायाधीशको बेन्चले यस्तो फैसला गरेको हो । निर्णय सुनाउँदा खैरो रङको सुट लगाएका अभिनेता मेजर्स आफ्ना वकिल र वर्तमान प्रेमिका मेगन गुडसँग अदालतमा थिए । न्यायाधीश माइकल ग्याफीले फेब्रुअरी ६ मा सजायको निर्णय सुनाउने भएका छन् । सम्भवतः उनले एक वर्ष जेल सजायको सामना गर्नुपर्नेछ भने उनलाई अन्य सजाय पनि हुन सक्छ ।

जबारीलाई निजी गाडीको पछाडिको सिटमा बसेको बेला आक्रमण गरेपछि मेजर्सलाई मार्चमा न्युयोर्कबाट पक्राउ गरिएको थियो । मार्भलको पछिल्लो फिल्म ‘एन्ट–म्यान एन्ड द वास्प : क्वान्टुमानिया’को छायांकन सेटमा मेजर्सलाई भेटेकी ३० वर्षीया कोरियोग्राफर जबारीले अर्को महिलाको टेक्स्ट म्यासेज देखेपछि मेजर्सको फोनलाई नियन्त्रणमा लिएकी थिइन् ।

जब मेजर्सले फोन लिन जबर्जस्ती तानेको र हिर्काएको बयान जबारीले प्रहरीसँग दिएकी छन् । मेजर्सले आफ्नो टाउकोमा पीडादायक ढंगले प्रहार गरेको र त्यसपछि सुन्निएको बयान समेत उनले दिएकी छन् ।

अदालतबाट दोषी ठहर भएको केही समयमै मार्वल स्टुडियोले डिज्नीको मार्वल सिनेम्याटिक युनिभर्समा केन्द्रीय खलनायक काङ्ग द कन्कररको भूमिका निर्वाह गरेका अभिनेता मेजर्ससँगको व्यावसायिक सम्बन्ध तोडेको घोषणा गरेको छ । ३४ वर्षीय अभिनेता २०२५ मा प्रदर्शन हुने ‘एभेन्जर्स : द काङ डाइनेस्टी’सहित कमिक बुक फ्रेन्चाइजीका आफ्ना श्रृंखलामा देखापर्ने अपेक्षा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?