+
+

नेपालमा समेत छायांकन गरिएको हिन्दी फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १३:२०

काठमाडौं । नेपालमा समेत छायांकन गरिएको भारतीय फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’को टिजर सार्वजनिक भएको छ । फिल्ममा तेलुगू अभिनेता वरुण तेज र पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको शीर्ष भूमिका छ ।

शक्तिप्रताप सिंह हाडा निर्देशित फिल्ममा प्रशस्तै एरियल–एक्सन दृश्य समेटिएका छन् । सोनी पिक्चर्स इन्टरनेसनल र रेनसान्स पिक्चर्सले निर्माण गरेको यो फिल्मको छायांकन नेपालका केही हिमाली थलोमा गरिएको छ ।

वर्किङ टाइटल ‘भिटी १३’ राखेर नेपालमा छायांकन गरिएको यो फिल्मको नामकरण ‘अप्रेसन भ्यालेन्टाइन’ पछि तय गरिएको हो । यो फिल्मका नेपाली लाइन–प्रोड्युसर फूर्वा शेर्पाका अनुसार लाङटाङ उपत्यका, सिन्धुपाल्चोकको जुगल हिमाल क्षेत्रमा यो फिल्मको छायांकन गरिएको थियो ।

अल्टिच्युड एयरको हेलिकोप्टर र पाइलट विवेक खड्काको उडानबाट यी दृश्य खिचिएको जनाइएको छ । पाइलट खड्काले नेपालमा सुटिङ गरिएको अमिताभ बच्चन, अनमोल खेर स्टारर ‘उचाइ’मा पनि अभिनय गरेका छन् ।

नेपाली लाइन–प्रोड्युसर शेर्पाका अनुसार नेपालको हिमालय र उपत्यकाको इमर्स दृश्य खिच्न सट–ओभर क्यामेरा प्रणाली प्रयोग गरिएको थियो । यो सट–ओभरका सञ्चालक हैदराबादका छायांकार शैकत चक्रवर्ती हुन् । यो फिल्म पुलावामा र बालाकोट एयर–स्ट्राइक रहेको अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

सन् २०१९ को फेब्रुअरी १४ मा एउटा आत्मघाती बम आक्रमणकारीले भारतको सीआरपीएफ जवानको समूहमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा ४० भारतीय सैनिकले ज्यान गुमाए भने दर्जनौं घाइते भए ।

यो फिल्मको प्रदर्शन पनि भ्यालेन्टाइन छेको अर्थात् आगामी फेब्रुअरी १६ लाई तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?