+
+

एकीकृत समाजवादीमा ७० वर्षे उमेर हद नराख्ने, ५० प्रतिशत युवा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १८:१५

३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ७० वर्षे उमेर हदको व्यवस्था हटाउने तयारी गरेको छ । सचिवालय बैठकमा उमेर हदको व्यवस्थालाई स्वैच्छिक बनाउन नेताहरू सहमत भएका हुन् ।

‘सक्रिय राजनीतिबाट अवकाश लिने कुरालाई स्वेच्छिक बनाउन सवै नेताहरु सहमत हुनु भएको छ’, उपमहासचिव गंगालाल तुलाधरले भने । उनका अनुसार, विधानमै राखेर बाध्यकारी बनाउन नहुनेमा नेताहरु सहमत भएका हुन् ।

‘कसैले ७० वर्ष नपुग्दै विदा लिन्छु भन्नुभयो भने त्यो पनि मान्नु पर्यो । कसैले धेरै उमेर भइसकेपछि पनि जनताको सेवा गर्छु भन्दा रोक्न हुन्न’, तुलाधरले भने ।

तर पार्टीलाई प्रौढ र युवाहरुको संगमबाट चलाउनुपर्छ भन्नेमा पनि नेताहरु सहमत भएको उनले बताए । ‘५० वर्ष माथि र मुनि गरी ५०÷५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्छ भन्ने प्रस्ताव छ’, उपमहासचिव तुलाधरले भने ।

आगामी महाधिवेशनका लागि विधानमाथि एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल चलिरहेको छ । छलफलका क्रममा उमेर हद, प्रतिनिधि चयन, पदाधिकारी संख्या लगायतमा नेताहरुले कुरा राखिरहेका छन् । ‘पदाधिकारी संख्या घटाउनुपर्छ भन्नेमा पनि लगभग सहमति छ’, तुलाधरले भने ।

एकीकृत समाजवादीको अर्को बैठक ७ पुसमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?