+
+

ट्वाइलेट पेपरका कारण ब्वायफ्रेन्डसँग ब्रेकअप !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ११:५३

एकजना युवतीले जब आफ्नो ब्वायफ्रेन्डसँगको ब्रेकअपको कहानी टिकटकमा सुनाइन् तब धेरै मानिस अचम्ममा परे ।

अमेरिकाको फ्लोरिडास्थित टम्पामा बस्ने एलेक्जेनिड्रया मारिया क्लारा नामकी युवतीका अनुसार ट्वाइलेट पेपरकै कारण उनले आफ्नो ब्वायफ्रेन्डसँगको वर्षौंको सम्बन्ध तोडिदिएकी छन् र यसो गर्दा उनलाई कुनै अफसोस छैन ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार मारियाले भनेकी छिन्, ‘एकदिन म आफ्नो ब्वायफ्रेन्डको घरमा ट्वाइलेटमा गएकी थिएँ । त्यहाँ ट्वाइलेट पेपर सकिएको रहेछ । मैले ट्वाइलेट बाहिर निस्किएर त्यस बारेमा उसलाई जानकारी गराएँ । तर उसले ओ सरी भन्ने जवाफ दियो । मैले त्यसदिन आफूसँग झोलामा भएको टिस्यू पेपरले काम चलाएँ र सुपरमार्केटमा गएको बेला ट्वाइलेट पेपर लिएर आउन भनें । उसले सम्झाएको धन्यवाद भन्यो ।’

त्यसको एकहप्ता पछि फेरि मारिया फेरि ब्वायफ्रेन्डको घरमा बस्न गइन् । त्यतिबेलासम्म पनि ट्वाइलेटमा ट्वाइलेट पेपर ल्याइएको थिएन । त्यस्तो देख्दा उनलाई झोंक चल्यो ।

आफूले ट्वाइलेट पेपर किन्न बिर्सिएको भनेपछि उनले ब्वायफ्रेन्डलाई लिएर सुपरमार्केट गइन् । तर, अचम्म त के भने सुपर मार्केटमा गएपछि ब्वायफ्रेन्डचाहिं ट्वाइलेट पेपर किन्नुको साटो खानेकुरा किन्नमा व्यस्त भयो । त्यसपछि मारियाले ट्वाइलेट पेपर खरिद गर्नका लागि सम्झाइन् । तर, उसले आफूले ट्वाइलेट पेपरको प्रयोग नै नगर्ने बतायो र किन्न मानेन । त्यसो भन्दा पनि मारियाले सहिन् ।

त्यसपछिका दिनमा ब्वायफ्रेण्डको घरमा जाँदा उनी आफैले ट्वाइलेट पेपर किनेर लैजाने गर्थिन् । तर, उसले विस्तारै त्यही कुरालाई मजाक बनाउन थाल्यो । अति भएपछि मारियालाई अब त्यस युवकसँगको सम्बन्ध तल्लो स्तरमा पुगेको र अगाडि बढ्न नसक्ने निधो गरिन् । अन्ततः ब्वायफ्रेन्डसँग उनले ब्रेकअप गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?