+
+

रुबिनाको कप्तानीमा कोशी प्रदेशको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १२:५०

४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिना क्षेत्री बेलबासेको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।

टोलीमा रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई र सबनम राई पनि छन् ।

यस्तै ‍गतवर्ष काठमाडौं मेयर्स कपमा उत्कृष्ट बलर घोषित भएकी निशा शाह लगायतका युवा खेलाडी पनि टोलीमा छन् ।

कोशी प्रदेशले सन् २०२१ मा दाङमा भएको प्रधानमन्त्री कपको उपाधि जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म मुलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोलीको सहभागीता छ ।

पहिलो पटक यस प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । जहाँ हरेक टोद्यीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

 कोशीको टोली :

रुबिना क्षेत्री बेलबासे (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया, निशा शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?