+
+

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १७:००

४ पुस, काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ ।

बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ ।

राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ ।

बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?