+
+

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १०:२५

काठमाडौं । लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलंका स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पलगत्तै लाङटाङमा पुगेर ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?