+
+

आचार्यलाई न्युयोर्कको क्वीन्स फिल्म फेस्टिभलमा दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:४९

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिल्ममेकर रविन आचार्यले दुई विधामा अवार्ड जितेका छन् । फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन् ।

छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’, लिओ काल्जोनीको ‘सिएला’, स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सहित आचार्य पनि प्रतिस्पर्धामा थिए ।

आचार्यले छायांकन गरेको फिचर फिल्म ‘डाइङ क्याण्डल’ले सन् २०१६ को फेस्टिभल संस्करणमा छायांकन विधा जितेको थियो । यो फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’मा स्क्रिनिङ समेत गरिएको थियो ।

आचार्यले नेपाली कथानक फिल्म धुलो, केटीएम कक्टेल, चंगा, चक्कर, जयश्री दाम छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?