+
+

भारतले विस्फोटक पदार्थ रोक्दा फास्ट ट्र्याकको काम ५ महिना प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:५७

४ पुस, काठमाडौं । भारतले विस्फोटक पदार्थको आपूर्ति रोक्दा काठमाडौं–तराई द्रुतमार्ग निर्माण ५ महिना पूर्ण रुपमा प्रभावित भएको नेपाली सेनाले जनाएको छ ।

बुधबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सैनिक मुख्यलयको तर्फबाट प्रधान सेनापति प्रभुराम शर्माले प्रस्तुत गरेको आयोजनाको प्रगतिबारेको प्रस्तुतिमा सो विषय उल्लेख छ ।

‘छिमेकी मित्रराष्ट्र भारतबाट बिस्फोटक पदार्थको आयात हुन नसक्दा ५ महिना द्रुतमार्ग निर्माणको काम पूर्णरुपमा प्रभावित भयो,’ जंगी अड्डाको प्रतिवेदनमा भनिएको छ ।

२०७९ भदौदेखि माघसम्म भारतले विस्फोटक पदार्थका आपूर्ति रोकेको प्रधान सेनापति प्रभुराम शर्माले बताए ।

भारतको अवरोधका कारण विस्फोटक पदार्थ आपूर्तिको विकल्प खोज्ने प्रक्रियामै थप ५ महिना बितेको पनि उनले दाबी गरे ।

२०७९ माघदेखि सहज रुपमा विस्फोट पदार्थ आपूर्तिका लागि पहल गर्दा २५ असार २०८० मा मात्रै चीनबाट विस्फोटक पदार्थको आपूर्ति गर्ने अवस्था बनेको नेपाली सेनाले जनाएको छ । हाल चीनतर्फबाट विस्फोटक पदार्थको सहज आपूर्ति भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

विस्फोटक पदार्थ आयात रोकिएको ५ महिना र वैकल्पिक रुपमा विस्फोटक पदार्थ आपूर्तिको सहजीकरण प्रयासको थप झण्डै ६ महिना गरेर ११ महिना द्रुतमार्गको काम प्रभावित बनेको नेपाली सेनाको भनाइ छ । जसमा ५ महिना भने पूर्ण रुपमै परियोजना प्रभावित भएको सैनिक मुख्यालयको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?