+
+

समृद्धि यु-१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ९:१६

५ पुस, काठमाडौं । एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार भएको खेलमा एन्जल्स हार्टले ट्रिनिटीलाई ७९–६४ ले पराजित गर्‍यो । एन्जल्स हार्टका सागर परियारले २३ स्कोर गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइमआउट, कीर्तिपुर र आईएसए नेपालले जित हात पारे ।

टाइमआउटले बौद्धलाई ७६–६९ ले हरायो । टाइमआउटका साम्देन दोर्जेले १९ अंक जोडे ।

यस्तै आशिष मगरले २८ अंक योगदान गरेपछि कीर्तिपुरले योद्धालाई ९४–५९ ले हरायो ।

विवेक गौतमको ३३ अंक सहयोगमा आइएसए नेपालले स्नोल्यान्डमाथि ७४–६९ को जित दर्ता गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिलामा बूढानीलकण्ठ र भ्याली पब्लिक विजयी भए ।

भ्याली पब्लिकले जेभियर इन्टरनेसनल कलेजलाई ४७–४२ ले हरायो । भ्याली पब्लिकका लागि एन्जल गुप्ताले १२ स्कोर गरिन् ।

बूढानीलकण्ठले गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ४४–२७ ले निराश पार्‍यो । बूढानीलकण्ठकी विनामणीले १८ अंक जोडिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?