+
+

६ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १२:४५

५ पुस, काठमाडौं । ६ वर्षअघि अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक छन् । शिवराज अर्कै मुद्दामा केन्द्रीय कारागारमा थिए भने जगतलाई भारतबाट नेपाल आउने क्रममा गएराति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

प्रहरीका अनुसार मकवानपुर घर भई काठमाडौंमा ज्यामी काम गर्ने ५० वर्षीया अप्सराको शव ३० पुस २०७४ मा बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न धादिङको त्रिपुरासुन्दरी–३ तल्लो पोखराका ४६ वर्षका शिवराम अधिकारी केन्द्रीय कारागारमा रहेको खुल्यो । उनी चोरी मुद्दामा तीन वर्ष सजाय पाएर जेल परेका थिए । साउनमा पीडितको जाहेरीपछि प्रहरीले थप अनुसन्धान थाल्यो ।

त्यसक्रममा अप्सरा र शिवराजबीच पूर्व चिनजान भएको खुल्यो । शिवराजले अप्सरालाई भूपू आर्मीसँग बिहे गराइदिन्छु पैसा र गरगहना लगाएर आउनू भनेर बोलाएका थिए । जगत विक समेत तीन जना माछापोखरीमा भेटे, ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना खाएका उनीहरु बल्खुको एक मन्दिर पछाडि पुगे । त्यसक्रममा दुबैले ढुंगाले हानेर अप्सराको हत्या गरी मुन्द्रा र नगद निकालेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?