+
+

महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १२:४८

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो ।

जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनायो ।

बागमतीका पूजा महतोले ३५ तथा अनुराधा चौधरीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

काठमाडौंकी अस्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । बागमतीका लागि नट आउट रहेका यशोदा विष्टले ४७ र कप्तान अस्मिनाले ३० रन बनाए ।

४५ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा परेको बागमतीलाई ११७ रनको योगफलसम्म पुर्‍याउन यशोदा र अस्मिनाले पाँचौ विकेटका लागि नट आउट ७२ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि पूजाले २ तथा कविता गौतमले १ विकेट लिइन् ।

काठमाडौंमा आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने छ ।

यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?