+
+

नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:१७

५ पुस, काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ ।

बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए ।

छलफलमा दुई पक्षीय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा कुराकानी भएको उनले जानकारी दिए ।

‘यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षीय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षीय विषयहरुमा गम्भीर र सौहद्रपूर्ण वातावरणमा छलफल भएको छ,’ उनले भने ।

बैठकपछिको पत्रकार सम्मेलनमा श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले सार्क र बीमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरुमा विशेष जोड दिइ अघि बढ्ने बारेमा छलफल भएको बताए ।

उनले पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?