+
+

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १८:१४

५ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु लगिएको छ ।

उनले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सवारी तथा यातायात व्‍यवस्था ऐन बमोजिम प्रक्रिया नै नपुर्‍याइ गैरकानुनी तवरले पीडितलाई ए र बी वर्गको सवारी चालकलाई नक्कली प्रतिलिपी दिई पीडितसँग रकम लिएर फरार भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?