+
+

काठमाडौंमा कथा लेखन प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १८:५३

काठमाडौं । काठमाडौंमा अन्तरविद्यालय कथा प्रतियोगिता भएको छ । लिटरेरी म्यागजिन ल.लित र मल्पी इन्स्टिच्युटले आयोजना गरेको कथा लेखन प्रतियोगितामा १०० जना बढी विद्यार्थीले भाग लिएका थिए ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका प्राध्यापक तथा लेखक सम्राट उपाध्याय प्रमुख निर्णायक रहेको प्रतियोगिताका विजेता तथा सर्ट लिस्टमा परेकाहरुले आ-आफ्नो कथाको सारांश समेत सुनाएका थिए ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरण गरियो । कथा प्रतियोगितामा शरद दुवालद्वारा लिखित ‘कुमारी गल्ली’ प्रथम, लालाहाङद्वारा लिखित ‘टिल यू रिमेम्बर टु फर्गेट मी’ द्वितीय र दिया योञ्जनद्वारा लिखित ‘अनरिट्टेन लेटर्स’ तृतीय घोषित भएका थिए । विजेतालाई लेखक उपाध्यायले १० वर्षदेखि आफ्नोतर्फबाट नगद पुरस्कार प्रदान गर्दै आएका छन् ।

प्रतियोगितामा प्राप्त एक सय भन्दा बढी कथाले समाजका विविधता समेटेको लेखक उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?