+
+

एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १०:२२

६ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक सेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार पुस १९ गतेसम्म कम्पनीको सेयरमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुनुपर्नेछ ।

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बढी मूल्य कबोल गरेका आधारमा संस्थापक सेयर बिक्री हुनेछ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिएकाले प्यान नम्बर खुलाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?