+
+

एनआईसी एसिया बैंकको ३ करोड ३५ लाख कित्ता बोनस सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १३:२०

२० पुस, काठमाडौं । एनआईसी एसिया बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१६ कित्ता सेयर दोस्रो बजारमा थपिएको छ ।

बैंकले यसअघि घोषणा गरेको चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै २९ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।

बैंकको बोनस सेयर सूचीकृत भएसँगै सेयर लगानीकर्ताले डिम्याट खातामा बोनस सेयर पाउनेछन् र कारोबार गर्न सक्नेछन् ।

कम्पनीको कुल सूचीकृत सेयर संख्या १४ करोड ९१ लाख ७५ हजार ६७२ पुगेको छ । बिहीबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?