+
+
Shares

एनआईसी एसिया बैंकको ऋणपत्र खुल्यो, मुद्दतीभन्दा बढी ब्याज पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते ८:५४

२५ चैत, काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र (डिबेन्चर)मा लगानी आवेदन खुलेको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानी गर्नेले हालको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल पाउने छन् । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याज दिइरहेका बेला ऋणपत्रको प्रतिफल वार्षिक ७ प्रतिशत छ ।

अंकित मूल्य १ हजारका दरले कम्पनीले कुल ५० लाख कित्ता निष्कासन गर्न लागेको हो । जसमध्ये २ अर्बको २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा चैत २८ गते र सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन खुल्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?