+
+

नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ९:५६

चैत ४, काठमाडौं । एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्रै यस कम्पनीको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आवेदकले न्यूनतम १० हजार र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सक्नेछन् । आइतबारदेखि चैत १३ गतेसम्मका लागि आवेदन खुला हुनेछ । आवेदक संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ७५३ रुपैयाँ तोकेर बोलकबोल आवेदन प्रक्रियामा सहभागी हुन सक्छन् ।

त्यस्तै बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ । न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ कायम गर्दै आइतबारदेखि लिलामी बोलकबोल आवेदन खुलाइएको छ । इच्छुक विद्यमान संस्थापक तथा अरु व्यक्ति वा संघसंस्थाले चैत १३ गतेसम्म आवेदन दिन सक्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?