+
+

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ९:०४

१६ फागुन, काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते २ बजेभित्र क्यापिटलको कार्यालय लाजिम्पाटमा आवेदन दिन सक्नेछन् । आवेदनका साथ सो रकम बराबरको गुड फर पेमेन्ट चेक संलग्न गरी शिलबन्दी बोलपत्र दिनुपर्ने क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?