+
+

चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न लगाउने स्कूललाई कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १२:०७

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?