+
+

हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १७:०८

काठमाडौं । हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । उनकी एक पूर्वनिजी सहायकले सन् २०१० मा ‘फास्ट फाइभ’को छायांकनको क्रममा विनले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छन् ।

तर अभिनेताका वकिल मार्क सिन्क्लेयरले डिजेलले उक्त दाबीलाई पूर्ण रुपमा अस्वीकार गरेको बताएका छन् । एस्टा जोनासन नामक गरेकी ती महिलाले विनले भित्तामा अडेस लगाएर आफूमाथि यौन क्रियाकलाप गरेको आरोप लगाएकी छन् ।

उक्त घटनाको केही घण्टापछि अभिनेता डिजेलको कम्पनीले ती सहायकलाई गलत गरिकाले कम्पनीबाट निष्कासन गरेको समेत उनको आरोप छ । बिहीबार लस एन्जलसमा दायर गरिएको जोनासनको मुद्दामा उक्त घटना फिल्म ‘फास्ट फाइभ’को छायांकनको क्रममा एटलान्टाको सेन्ट रेजिस होटलमा भएको दाबी गरिएको छ ।

ती सहायकले अभिनेता डिजेलकी बहिनी र उनको कम्पनी वान रेस फिल्म्सविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।

उक्त उजुरीमा विन डिजेलले आफ्नो यौनइच्छा पूरा नभएपछि ती सहायकलाई निष्कासन गरेको आरोप लगाइएको छ । फास्ट एन्ड फ्युरियस फ्रेन्चाइज बाहेक विन डिजेल गार्डियन्स अफ द ग्यालेक्सी, एक्सएक्सएक्स र रिडिक लगायतका लागि परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?