+
+

‘लघुवित्तको ऋण मिनाहा हुँदैन, तिर्नुपर्छ’ 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १७:२९

६ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंककका डेपुटी गभर्नर बमबहादुर मिश्रले ग्रामिण क्षेत्रमा अझै पनि लघुवित्त संस्थाहरु पुग्न नसकेको बताएका छन् ।

शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लघुवित्तका शाखाहरु धेरै भएपनि धेरै ठाउँमा पुग्न नसकेको बताए ।

उनले ७७ जिल्लामा नै लघुवित्त पुगे पनि करिब १०० वटा पालिकामा पुग्न नसकेको भन्दै काभ्रेको बनेपामा मात्रै थुप्रिएर नहुने बताए ।

एक दर्जनभन्दा बढी लघुवित्त संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । डेपुटी गभर्नर मिश्रले त्यसैलाई लक्षित गर्दै बनेपामा मात्रै थुप्रिएन नहुने बताएका हुन् ।

कार्यक्रममा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले संस्थागत सुशासन ध्यान दिंदा धेरै समस्या समाधान हुने बताए ।

लघुवित्त समस्या समाधान सुझाव अध्ययन कार्यदलको संयोजक समेत रहेका श्रेष्ठले लघुवित्तले गरेका राम्रा कामको प्रचार गर्दै कमजोरीको सुधार गर्नुपर्ने बताए ।

लघुवित्तमा संस्थागत सुशासनमा कमजोरी रहेको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।

अध्ययन प्रतिवेदनमा लघुवित्त समस्याको धेरै कारणहरु औल्याएको भन्दै त्यसलाई हेरेर सुधार गर्दै जाँदा समस्या समाधान हुने भन्दै त्यसमा ध्यान दिन लघुवित्त संस्थका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिए ।

राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले लघुवित्त कार्यक्रमको मोडमा पनि छलफल गर्नुपर्ने तर अहिलेको समस्या समाधानका लागि लघुवित्त संस्थाहरुमा नै धेरै सुधार गर्नुपर्ने बताए ।

लघुवित्त कर्मचारीलाई तालिम दिएर मात्रै फिल्डमा खटाउनुपर्ने भन्दै अहिले कर्मचारीमा तालिमको अभावले पनि समस्या भएको बताए । उनले लघुवित्तको लागि छुट्टै तालिम सेन्टर आवश्यक रहेको बताए ।

राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले ऋण लिएपछि तिर्नुपर्ने बताए ।

‘ऋण मिनाहा हुन्छ भन्ने भ्रम फैलाउने कार्य भएको छ। ऋण लिएपछि तिर्नुपर्छ,’ उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सन्देश सरकारी तहबाट पनि प्रवाह हुन जरुरी छ । राष्ट्र बैंकले उक्त सन्देश दिएको छ ।’

लघुवित्त संस्थाको समस्या समाधानका लागि अध्ययन भइसकेको र क्रमिक रुपमा उक्त अध्ययनले औल्याएका विषयहरु कार्यान्वयन हुँदै जाने बताए । लघुवित्त संस्थाहरुको पूँजीकोष २०८५ सम्ममा १५ प्रतिशत पुर्‍याउने उनले बताए ।

नेपाल लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष रामबहादुर यादवले लघुवित्त क्षेत्र जटिल अवस्थाबाट गुज्रिरहेको बताए ।

‘लघुवित्त क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ । ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ भनेर भ्रम फैलाउने काम भइरहेको छ। बैंकिङ प्रणालीमाथि नै प्रहार गर्ने काम भएको छ,’ उनले भने, ‘विपन्न क्षेत्रमा गएर काम गर्ने लघुवित्त संस्थाको रिकभरीमा आर्थिक मन्दीको प्रभाव झनै बढी परेको छ । कसरी अगाडि बढ्ने भन्ने नै चुनौती छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?