+
+

यसरी चलाउनहोस् २ वटा फोनमा एउटै ह्वाट्सएप अकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १३:१६

परिवार तथा साथीहरुसँग जोडिनका लागि प्रसस्तै विकल्पहरु उपलब्ध भएको सर्वाधिक लोकप्रिय मेसेजिंग एप मध्येको एक हो ह्वाट्सएप ।

सन् २०२१ मै ह्वाट्सएपले मल्टिपल डिभाइस फिचर थप गरेको थियो, जसमा प्रयोगकर्ताहरुले एउटा ह्वाट्सएप अकाउन्टलाई फोनसहित अन्य डिभाइसमा पनि प्रयोग गर्न सक्दछन् । तर, यो फिचरको एउटा सीमा थियो ।

मल्टिपल डिभाइसको भनिए पनि फोनसहित कम्प्युटर वा ल्यापटपमा त एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिन्थ्यो तर एउटा ह्वाट्सएप अकाउन्टलाई दुईवटा फोनमा भने चलाउन सकिंदैनथ्यो ।

ह्वाट्सएपले गत अप्रिलमा Companion Mode नामक फिचरमार्फत् यो समस्याको पनि समाधान गरिदिएको छ । यो फिचरसँगै प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई पाँचवटा सम्म फोनमा लिंक गर्न सक्दछन् । अर्थात् एउटै ह्वाट्सएप अकाउन्टलाई एकै पटकमा पाँचवटा सम्म फोनमा चलाउन सकिने भएको छ ।

Companion Mode  के हो ?

यो फिचरले एउटा ह्वाट्सएप अकाउन्टलाई आफ्ना सबै डिभाइसहरुमा प्रयोग गर्ने सुविधा प्रदान गर्दछ । साथै सबै डिभाइसमा ह्वाट्सएपमा च्याट, कन्ट्याक्ट तथा ग्रुपहरु प्नि सिंक्रोनाइज्ड हुन्छन् । यसमा एउटा ह्वाट्सएप अकाउन्टलाई एउटा मूल फोन सहित कूल ५ वटा डिभाइसमा जोड्न सकिन्छ ।

यद्यपि यसको सेटअप प्रक्रिया विद्यमान Linked Devices फिचरको जस्तै छ, तर कम्पानियन मोड फिचर विशेष गरी स्मार्टफोनका लागि डिजाइन गरिएको हो । यो फिचर सन् २०२३ को अपि्रल २५ मा आधिकारिक रुपमा सार्वजनिक भएको हो ।

कसरी सेटअप गर्ने Companion Mode  फिचर ?

यसका लागि तपाईंले आफ्ना सबै डिभाइसमा सबैभन्दा पछिल्लो अद्यावधिक ह्वाट्सएप भर्सन छ भन्ने कुरामा निश्चित गर्नुहोस् ।

तपाईंले एन्ड्रोइड फोनका लागि गुगल प्ले स्टोर तथा आईओएस फोनका लागि एप स्टोरबाट ह्वाट्सएप मेसेनजर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

· अब आफ्नो दोस्रो फोनमा ह्वाट्सएप डाउनलोड गरिसकेपछि एप सेटअप गर्नका लागि फोन नम्बर हाल्ने अप्सन देखिन्छ । तर कम्पानियन मोड प्रयोग गर्नका लागि त्यसलाई छाड्नुहोस् र माथिल्लो मेन्युमा देखिएको तिनवटा थोप्ला ( ⋮) मा ट्याप गरी त्यसभित्र रहेको Link to existing account मा जानुहोस् ।

· त्यसपछि एपले क्यूआर कोड स्क्यान गर्ने विकल्प देखाउँछ । आफ्नो मुख्य फोनमा क्युआर कोड दोस्रो फोनमा स्क्यान गर्नुहोस् र यसो गर्दा ती दुई डिभाइस आपसमा लिंक हुन्छन् ।

· यसका लागि ह्वाट्सएप अकाउन्ट रहेको मुख्य स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् र तीनवटा थोप्लावाला ओभरफ्लो मेन्यूमा ट्याप गर्नुहोस् ।

· त्यहाँ Linked devices नामक अप्सनमा ट्याप गरी हरियो रंगमा देखिने Link a device  बटनमा ट्याप गर्नुहोस् ।

· त्यसपछि फोनको स्क्रिनमा देखिने क्युआर कोड दोश्रो फोनमा स्क्यान गर्नुहोस् ।

· यसको साटो तपाईंले Link with phone number instead नामक अप्सन पनि छान्न सक्नुहुन्छ । यसका लागि अर्को फोनमा ह्वाट्सएप वेब खोल्नुहोस् र फोन नम्बर हाल्नुहोस् । यसो गर्दा वनटाइम पासकोड प्राप्त हुन्छ र त्यसबाट दुईवटा डिभाइसको ह्वाट्सएप अकाउन्ट एक आपसमा कनेक्ट हुन्छ ।

कम्पानियन मोडमा पाँचवटा सम्म फोनमा एकै पटकमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिन्छ ।

अर्को गज्जबको कुरा त दोस्रो फोनमा ह्वाट्सएप चलाउनका लागि फोनको सिमकार्ड पनि चाहिंदैन । त्यस्तै अतिरिक्त फोनमा ह्वाट्सएप चलाउँदा समेत ह्वाट्सएपका सबैजसो फिचरहरु जस्तै मेसेज, तस्वीर तथा भिडियोहरु आदानप्रदान, भ्वाइस तथा भिडियो कल समेत प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?