+
+

ह्वाट्सएपमा आउँदै नयाँ फिचर, ब्लुटुथमा जस्तै फाइल शेयर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १२:२१

लोकप्रिय मेसेजिंग एप ह्वाट्सएपमा एउटा निकै उत्कृष्ट तथा बहुप्रतिक्षित फिचर थप हुने भएको छ । यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट ब्लुटुथमा जस्तै गरी सजिलैसँग फाइलहरु ट्रान्सफर गर्न सक्नेछन् ।

ब्लुटूथ जस्तै यो फिचरमार्फत् प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट ठूला ठूला फाइलहरु पनि सजिलैसँग अरुलाई पठाउन तथा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि ह्वाट्सएपमा नयाँ फाइल ट्रान्सफर फिचर थप्न थालिएको छ । ह्वाट्सएपका आसन्न नयाँ फिचरहरु ट्रयाक गर्ने वेबसाइट Wabetainfo ले ह्वाट्सएपमा आउन थालेको नयाँ फिचरका बारेमा जानकारी दिएको छ ।

जस अनुसार यो फिचरको मद्धतले प्रयोगकर्ताहरुले आफ्नो नजिकमा रहेका मानिसहरुसँग आफ्ना फाइलहरु शेयर गर्न सक्नेछन् । यसका लागि एपमा एक नयाँ अप्सन मिल्नेछ जसको नाम People Nearby हुनेछ ।

नजिकै रहेको व्यक्तिले पनि आफ्नो ह्वाट्सएपमा यो अप्सन सक्रिय बनाएर फाइल शेयरिंग स्वीकार गरेसँगै सो डिभाइसमा कुनै फाइल पठाउन सकिनेछ । ह्वाट्सएपमा हाल यो फिचर परीक्षणको अवस्थामा रहेको बताइएको छ।

ह्वाट्सएपको नयाँ बेटा भर्सन 2.24.2.20 मा यो फिचरको परीक्षण भैरहेको वाबेटाइन्फोले जनाएको छ ।

स्मरण रहोस् ह्वाट्सएपले २ जिबीसम्मको फाइल शेयर गर्न सकिने नयाँ फिचरको घोषणा यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?