+
+

उद्योगमा विद्युत् आपूर्ति नरोक्न संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १४:४६

८ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महसुल भुक्तानी नगरेका उद्योगको लाइन काटेको प्रति नेपाल समुन्द्रपार निकासी पैठारी संघले विरोध गरेको छ ।

सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महसुल थप गरी बिल पठाएको संघले बताएको छ ।

बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले दिन नसकेको भन्दै संघले लाइन काट्नु दुखःद् भएको बताएको छ । यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघले बताएको छ ।

यो विषयलाई दुवै पक्षले जित्ने गरी यथाशीघ्र सम्बोधन गर्न, विद्युत् आपूर्ति काटिएका उद्योगहरुमा तत्काल आपूर्ति सुचारु गर्न तथा यही निहुँमा थप उद्योगहरुमा आपूर्ति नरोक्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?