+
+

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १५:०३

८ पुस, काठमाडौं । सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ ।

कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए ।

संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय कर्मचारी ऐन संसदबाट पारित हुन नसके अध्यादेश मार्फत कानुन जारी गर्ने उनले बताएका थिए । महत्वपूर्ण विधेयकका लागि ढिलो हुने अवस्था भए सरकारले अर्को बाटो लिनसक्ने मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङको उक्तबोलीप्रति केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाएका छन् । अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय रहेको महरले बताए । मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि स्वीकार्य नहुने बताए ।

‘सरकार अध्यादेशको भरमा चल्नु खोज्नु मुलुकका लागि खतरा हो,’ नुवाकोटमा आइतबार भएको कार्यक्रममा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?