+
+

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:११

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।

‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले अनलाइनखबरसँग भने ।

कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।

कांग्रेसले गठबन्धन भत्काउने मुख्य कारक प्रधानमन्त्री भएको निश्कर्ष निकालेको छ । ‘गठबन्धन टुटाउने प्रधानमन्त्री हो । राजीनामा दिने वा विश्वासको मत फिर्ता लिने भन्ने कुरा हामीले किन गर्ने?’ बैठकमा सहभागी एक नेताले भने, ‘अस्थिरताको कारक प्रधानमन्त्री भएपछि सबै कुरा उनै गरुन् भन्ने भएको छ । सजिलो किन बनाइदिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?