+
+

सरकार गेयर चेञ्ज गरेर अघि बढ्छ : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १६:१६

८ पुस, विराटनगर । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर अघि बढ्ने बताएकी छन् ।

प्रेस सेन्टरले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले एक वर्ष पूरा गरेका कारण अब गेयर चेन्ज गरेर नयाँ ढंगले अघि बढ्ने बताएकी हुन् ।

सरकारले राम्रा काम गरिरहेको बताउँदै उनले एक वर्षमा धेरै राम्रा र सकारात्मक काम भएको बताइन् । मन्त्री शर्माले सरकारका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन पनि  आग्रह गरिन् ।

सञ्चार सेवा प्रदायकले राजस्व छली गरेको पाइएको बताउदै उनले राजस्व बुझाउन ताकेता भइरहेको बताइन् । सेवा प्रदायकसँग छलफल भइरहेको बताउँदै चाँडै राजस्व संकलन गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?