+
+

मनोबल जगाउन ‘महाजात्रा’ले गर्‍यो प्राविधिकलाई पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १७:३३

काठमाडौं । सात हप्ता लगाएर फिल्म ‘महाजात्रा’को छायांकन यसैसाता सकिएको छ । फिल्मको सम्पादन सुरु भएको छ र निर्माता चैत ९ मा रिलिज गर्ने तयारीमा जुटेका छन् ।

षट्कोण आर्ट्सले छायांकनसँगै रचनात्मक कार्यलाई निरन्तरता दिइरहेको देखिन्छ । अघिल्लो प्रोजेक्ट ‘महापुरुष’लाई मुलुकको पहिलो कार्बन न्यूट्रल फिल्मको रुपमा निर्माण गरियो । अब भने, छायांकनमा खट्ने प्राविधिकको प्रोत्साहनका लागि हप्तैपिच्छे नगद र ताम्रपत्रले सम्मान गर्ने परम्पराको थालनी पनि निर्माताले गरेका छन् ।

निर्माताका अनुसार ७ हप्तामा ७ प्राविधिक टीमलाई हप्तैपिच्छे सम्मान गरिएको थियो । पहिलो साता आर्ट डिपार्टमेन्टबाट यस्तो सम्मानको थालनी भएको थियो । त्यसपछि यातायात, प्रकाश संयोजन, क्यामेरा, किचन, स्पट, ध्वनी, हेयर एण्ड मेकअपलाई सम्मान दिइएको थियो ।

उनीहरुलाई ५ हजार नगद र सम्मानपत्र प्रदान गरियो । ‘प्राविधिक र क्रिउ दैनिक १२ घण्टा सक्रियपूर्वक खट्छन् । हामी क्रिउलार्ई आभार व्यक्त गर्न चाहन्थ्यौं’ निर्माता म्याक्स दिपेश खत्रीले भने, ‘हामी वास्तवमा उहाँहरुप्रति कृतज्ञ पनि छौं ।’ कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले पनि क्रिउमा उत्प्रेरणा जगाउन यस्तो खालको अभ्यास चलाइएको बताए ।

छायांकन सेटमा प्रेरणा दिने खालको माहोल र गुणस्तरीय कामको लागि अप्रत्यक्षरुपमा प्रतिस्पर्धा सिर्जना गर्न पनि यस्तो सम्मान महत्वपूर्ण हुने खत्रीको भनाई छ । ‘यो सोच पैसा र सम्मानभन्दा पनि महत्वपूर्ण कुरा हो जस्तो लाग्छ’ उनी भन्छन्, ‘वास्तवमै भन्दा हामी हामी क्रिउ सेलिव्रेसन गर्न चाहन्थ्यौं ।’

प्रदीप भट्टराई निर्देशित यो फिल्म चैत ९ गते प्रदर्शन तयारीमा छ । हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, बिपिन कार्की, वर्षा राउत, रविन्द्र झा लगायतको अभिनय रहेको यो फिल्म दर्शकमाझ प्रतीक्षित पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?