+
+

सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १७:३८

८ पुस, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ ।

चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो ।

५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ ।

५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । रियल स्टेट कर्जा लगायको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?