+
+

दक्षिण एसियाली स्केटबोर्डमा नेपालको वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १९:१४

८ पुस, काठमाडौं । पाँचौं दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको वर्चस्व रह्यो । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद राई पहिलो, बसन्त राई दोस्रो र धिरज परियार तेस्रो भए ।

सिनियर महिलामा समीक्षा राईले स्वर्ण, खुशी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते । पुरुष/महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोस्रोले ५ सय र तेस्रोले २५० अमेरिकी डलर नगद पुरस्कार पाए ।

रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार पहिलो, भारतका मोहम्मद विन जावेद दोस्रो र कर्मा लामा गुरुङ तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २००, १५० र १०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइएको थियो ।

विजेतालाई आयोजक संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गरे ।

समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो । उनलाई अवार्डसहित २ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलङका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?