+
+

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १६:३६

९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो ।

त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

६ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम २.९४ प्रतिशत र न्यूनतमा २.२५ प्रतिशत प्रस्ताव गर्दा औसत २.७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?