+
+

चीन जाने क्यानोइङ टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १७:११

९ पुस, काठमाडौं । चीनमा हुने नु चियाङ वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपनमा नेपालले सहभागिता जनाउने भएको छ ।

प्रतियोगितामा नेपालबाट खेलाडीहरु विकास गुरुङ र गणेश गुरुङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको नेतामा सूर्यप्रसाद जोशी छन् भने प्रशिक्षकमा युवराज अधिकारी छन् ।

नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियागितामा भाग लिने नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।

प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा आगामी डिसेम्बर २६ देखि जनवरी १ तारिखसम्म हुनेछ ।

एनओसीका अध्यक्ष श्रेष्ठले बिदाइ गर्दै प्रतियोगितामा शतप्रतिशत दिएर खेल्न र सफलता प्राप्त शुभकनमना दिए ।

बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?