+
+

सुनको भाउ स्थिर, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १०:५०

१८ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको छ ।

यसअघि  हिजो ४ सय रुपैयाँ घटेको थियो । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?