+
+

प्रधानमन्त्री कपमा एपीएफको चौथो जित, कोशी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १७:१६

९ पुस, काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा कोशी प्रदेशमाथि ८ विकेटको जित हात पारेको छ ।

सोमबार कोशी प्रदेशले पहिलो हार ब्यहोर्दा एपीएफले भने चौथो जित निकाल्यो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन मात्र बनाएको हो ।

कोशीले दिएको ८५ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । एपीएफका लागि इन्दु बर्माले सर्वाधिक अविजित ३६ रन जोडिन् । ओपनर ज्योति पाण्डेले २४, सीता रना मगरले १८ र रोमा थापाले अविजित १० रन जोडे ।

कोशीका लागि अलिसा खडिया र निशा शाहले समान १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४१, काजल श्रेष्ठले अविजित २५, अप्सरी बेगमले १३ र सबनम राई १ रनमा अविजित रहिन् ।

बलिङतर्फ एपीएफका लागि सोनु खड्का र करुणा भण्डारीले १/१ विकेट लिए । प्रधानमन्त्री कप टी–२० मा एपीएफले यसअघि सुदूरपश्चिम प्रदेशलाई ९ विकेट, मधेशलाई १० विकेट र लुम्बिनीलाई ९० रनले पराजित गरेको थियो ।

कोशीले भने यसअघि कर्णालीलाई १० विकेट, बागमतीलाई ८ विकेट र मधेशमाथि ६० रनले पराजित गरेको थियो ।

एपीएफले अर्को खेल त्रिवी मैदानमा कर्णाली प्रदेशसँग खेल्नेछ भने कोशीले गण्डकी प्रदेशसँग मूलपानीमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?