+
+

टीआरसी विधेयकमा तीन दलबीच सकारात्मक छलफल

एमाले सचेतकले भने : सरकार पीडितमैत्री कानुन बनाउन तयार भयो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १९:४८

९ पुस, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरुको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।

तर उक्त विधेयकमा सरकारले गरेका केही प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएका कारण विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किरहेको छ । सोही विधेयकलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको बैठक राखेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक भएको छ । ‘पीडितमैत्री कानुन बनाउन सरकार तयार भएको छ, त्यो आधारबाट अगाडि बढ्दा हामी सहमतिको नजिक नजिक छौं’ उनले भने ।

यद्यपि यो विषयमा शीर्ष नेताहरुबीच अझै केही छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?