+
+

त्रिभुवन विमानस्थलका सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १४:३८

१० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको विमानस्थल प्रशासनले स्पष्टीकरण दिएको छ । यसअघि विमानस्थलमा जडित सीसीटीभी फुटेज २१ दिनदेखि नरहेको विषयमा समाचार प्रकाशित भएको थियो ।

विमानस्थलभित्र ५ सय वटा सीसीटीभी क्यामेरा जडान भएको र त्यसमध्ये केहीको स्टोरेज २१ दिन मात्र रहेको स्वीकार कार्यालयले गरेको छ । त्यसलाई विस्तार गरी अहिले भने ६१ दिन पुर्‍याइएको कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा यस आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको बताएका छन् ।

उनका अनुसार १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ । यो २७ असोज २०८० मा सरोकारवालाको बैठक बसी कार्य अगाडि बढाइएको उनले बताएका छन् ।

यसअघि विमानस्थलले आव २०७८/७९ मै ३ महिना स्टोरेज क्षमता बढाउन बजेट माग गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ का कारण देखाउँदै बजेट नदिएको उनले बताएका छन् ।

विमानस्थल भित्रका सीसीटीभीको जडानको काम विमानस्थल प्रशासनले गरेपनि अपरेशन र सर्वेलेन्सको काम नेपाल प्रहरीले गर्दै आएको समेत विमानस्थल प्रशासनले बताएको छ ।

भन्सार कार्यालयले मागेको विषयमा समेत सूचनाहरु भएसम्मको उपलब्ध गराइएको महाप्रबन्धक तिवारीले बताएका छन् ।

यसअघि भन्सार विभागले २१ दिन भन्दा अगाडिका फुटेज नपाइएको बताएको थियो । महाप्रबन्धक तिवारीका अनुसार विमानस्थल भित्र १७० भन्दा बढी निकाय कार्यरत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?