+
+

बुधबार ज्येष्ठ नागरिकबारे पढाउन विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १८:३०

१० पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै बुधबारको सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको भन्दै शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछानेले सामाजिक अध्ययन विषय पढाइ हुने समयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन भन्दै पत्राचार गरेकी छन् ।

बुधबार ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ नारा सहित देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयकी महिला विकास अधिकृत सन्ध्याकुमारी यादवले ज्येष्ठ नागरिकका विषयमा अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?